Logo

एसियन कप फुटबल: दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा



कतार, १७ माघ । एएफसी एसियन कप फुटबलमा दक्षिण कोरिया र उज्वेकिस्तान क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

कतारमा गएराति भएको खेलमा थाइल्याण्डलाई २-१ गोलले हराउँदै उज्वेकिस्तान क्वाटरफाइनलमा पुगेको हो ।

यस्तै, मंगलबारको अर्को खेलमा साउदी अरेबियालाई पेनाल्टीमा ४-२ ले हराएर दक्षिण कोरिया क्वाटरफाइनलमा पुगेको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो ।

दक्षिण कोरियाले अब क्वाटरफाइनलमा अष्ट्रेलियासँग खेल्ने छ । एसियन कपमा आज क्वाटरफाइनल अघिका दुई वटा खेल हुँदैछन् । आज बहराइन र जापान तथा इरान र सिरिया खेल्ने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्