Logo

एसियाली खेलकुद क्रिकेट: क्वाटरफाइनलमा नेपालले भारतसँग खेल्ने



चीन, १५ असोज । एसियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालले क्वाटरफाइनलमा भारतसँग खेल्ने भएको छ ।

सोमबार भएको ड्र अनुसार नेपालले क्वाटरफाइनलमा भारतलाई प्रतिद्वन्द्वी पाएको हो । एक महिनाअघि एसिया कप क्रिकेट पहिलो पटक भारतसँग ओडीआई खेलेको नेपालले एसियन गेम्समा भारतसँग पहिलो पटक टी-२० आई खेल्ने भएको हो ।

नेपाल र भारतको खेल मंगलबार बिहान चीनको समय अनुसार बिहान ९ बजे सुरु हुने छ । अरू क्वाटरफाइनलमा पाकिस्तान र हङकङ, श्रीलंका र अफगानिस्तान तथा बंगलादेश र मलेसियाले खेल्ने छन् ।

समूह चरणमा मंगोलिया र माल्दिभ्सलाई हराउँदै नेपाल क्वार्टर फाइनलमा पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्