चीन, ३ असोज । एसियाली खेलकुदअन्तर्गत पुरुष भलिबलमा इरानसँग पराजित हुँदै नेपाल प्रतियोगिताबाटै बाहिरिएको छ ।
चीनको हाङझाउमा बुधवार भएको खेलमा नेपाल इरानसँग ३-० को सोझो सेटमा पराजित भयो । नेपाल इरानसँग २५-९, २५-१५ र २५-१३ ले पराजित भएको हो ।
मङ्गलवार भएको पहिलो खेलमा नेपाल बहराइनसँग ३-१ ले पराजित भएको थियो । आजको हारसँगै नेपाल जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको हो ।






