चीन, २० असोज । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ ।
आज बिहान भएको खेलमा नेपालले मङ्गाेलियालाई ३-२ को सेटमा हराएको हो ।
नेपालले पहिलो सेट १७-२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट २५-१८, र २५-२१ ले जितेको थियो । तर, चौथो सेट नेपालले १८-२५ गुमाएपछि खेल पाँचौँ सेटमा पुग्यो ।
निर्णायक तथा पाँचौँ सेट नेपालले १५-१२ ले जित्यो । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग हारेको नेपाल नवौँदेखि १२औँ स्थानको प्ले अफमा भारतसँग ३-१ को सेटमा तथा हङकङसँग ३-० को सेटमा पराजित भएको थियो ।