Logo

एसिया कपअघि नेपालले श्रीलङ्कामा विशेष तयारी गर्ने



काठमाडौँ, ५ साउन । नेपाली राष्ट्रिय टोलीले श्रीलङ्कामा विशेष तयारी गर्ने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेपालले एसिया कपका लागि श्रीलङ्कामा १५ दिन विशेष तयारी गर्ने भएको हो ।

नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्दैछ । त्यसअघिको तयारीमा नेपालले श्रीलङ्कामा चार अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपालमा बर्खाको समय भएकाले श्रीलङ्कामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।

एसिया कप आउँदो अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्