Logo

एसिया कपका लागि नेपाली टाेलीकाे घाेषणा



काठमाडौँ, २९ साउन । नेपाली क्रिकेट सङ्घ (क्यान) ले एसिया कप २०२३ का लागि नेपाली टोलीको घोषणा गरेको छ ।

सोमवार नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देसाईले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

एसिया कप अगस्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । समूह ‘ए’ मा नेपालसहित भारत र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

यस्तो छ नेपाली टिम

रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुलसन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिस जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद र श्याम ढकाल ।

प्रतिक्रिया दिनुहोस्