Logo

एसिया कप क्रिकेट: अफगानिस्तान सुपर चारमा प्रवेश



यूएई, १५ भदौ । एसिया कप टी-२० क्रिकेटमा अफगानिस्तान सुपर चारमा प्रवेश गरेको छ ।

समूह ‘बी’ मा रहेको अफगानिस्तान लगातार दुई खेल जित्दै सुपर चारमा प्रवेश गर्ने पहिलो टोली समेत बनेको छ ।

अफगानिस्तानले गएराति यूएईको सारजाह क्रिकेट मैदानमा भएको दोस्रो खेलमा बंगलादेशलाई ७ विकेटले हरायो । बंगलादेशले दिएको १ सय २८ रनको लक्ष्य अफगानिस्तानले ३ विकेट गुमाएर भेट्टायो ।अफगानिस्तानका नजिबुल्लाह जर्दानले अविजित ४३ तथा इब्राहिम जर्दानले ४२ रन जोडे । बंगलादेशका साकिब अल हसन, मोस्दक होसेन र मोहम्मद साइफुदिनले एक-एक विकेट लिएका थिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर १ सय २७ रन बनाएको थियो । बंगलादेशका मोस्देक हुसेनले अविजित ४८ रन जोडे । अफगानिस्तानका मुजीब उर रहेमान र राशिद खानले समान ३-३ विकेट लिएका थिए ।

पहिलो खेलमा अफगानिस्तानले श्रीलंकालाई हराएको थियो । लगातार दोस्रो जित निकालेको अफगानिस्तानले समूह ‘बी’ मा ४ अंक जोडेको छ । प्रतियोगितामा ६ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्