Logo

एसिया कप क्रिकेट: भारतसँग पाकिस्तान पराजित



दुबई, १३ भदौ । एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ । दुबईमा गएराती भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।

पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५-३५ रन बनाएका थिए ।

यस्तै हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हुँदै १ सय ४७ रन बनाएको थियो ।

पाकिस्तानका लागि मोहमद रिजवानले सर्वाधिक ४३ रन बनाए । भारत एसिया कप क्रिकेटको सात पटकको च्याम्पियन हो भने पाकिस्तानले दुई पटक उपाधि जितेको छ ।

प्रतिक्रिया दिनुहोस्