Logo

एसिया कप क्रिकेट: श्रीलंका सुपर चारमा प्रवेश



दुबई, १७ भदौ । श्रीलंका एसिया कप क्रिकेटको सुपर चारमा प्रवेश गरेको छ ।

गएराति भएको खेलमा बंगलादेशलाई २ विकेटले हराउँदै श्रीलंका सुपर चारमा पुगेको हो ।

जितसँगै समूह ‘बी’बाट श्रीलंका र अफगानिस्तान सुपर चारमा पुगेका छन् । बंगलादेश बाहिरिएको छ । दुबईमा बंगलादेशले दिएको १ सय ८४ रनको लक्ष्य श्रीलंकाले १९ ओभर २ बलमा ८ विकेट गुमाएर भेट्टायो ।

श्रीलंकाका कुशल मेन्डीसले ६० रनको अर्धशतकीय पारी खेले । कप्तान डसुन सनकाले ४५ तथा पाथुम निशन्काले २० रन जोडेका थिए ।

बंगलादेशका एबाडोट होसेनले ३ तथा ताक्सिन अहमेदले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८३ रन जोडेको थियो । बंगलादेशका आफिफ होसेनले ३९ रन तथा मेहदी हसनले ३८ रन जोडे ।

श्रीलंकाका वानिन्दु हसरंगा र चामिका करुनारत्नेले २-२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्