Logo

एसिया कप क्रिकेट: श्रीलंकासँग अफगानिस्तान पराजित



काठमाडौँ, १९ भदौ । एसिया कपको सुपर चारको पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको छ ।

यूएईको सारजहाँमा शनिबार राति भएको खेलमा श्रीलंकाले अफगानिस्तानलाई ४ विकेटले हराएको हो ।

अफगानिस्तानले दिएको १ सय ७६ रनको लक्ष्य श्रीलंकाले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । उसका कुशल मेन्डिसले ३६ तथा पाथुम निशंकाले ३५ रन बनाए । दनुश्का गुनाथिलाकाले ३३ तथा भानुका राजपाक्षेले ३१ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमान र नभिन उल हकले समान २-२ तथा मोहम्मद नाबी र रशिद खानले समान १-१ विकेट लिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७५ रन बनायो । अफगानिस्तानका लागि रमिउल्लाह गुर्बाजले ८४ रनको अर्धशतकीय इनिङ खेले । इब्राहिम जाड्रानले ४० तथा नजिबुल्लाह जाड्रानले १७ रन बनाए। श्रीलंकाका लागि दिल्शन मधुशनकाले २ तथा असिथा फर्नान्डो, महेश थिक्सनाले समान १-१ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्