Logo

एसिया कप क्रिकेट: हङकङलाई हराउँदै भारत सुपर चारमा



दुबई, १६ भदौ । एसिया कप क्रिकेटमा लगातार दोस्रो जित निकालेको भारत सुपर चारमा प्रवेश गरेको छ ।

दुबईमा गएराति भएको खेलमा हङकङलाई ४० रनले हराउँदै भारत सुपर चारमा पुगेको हो ।

भारतले दिएको १ सय ९३ रनको लक्ष्य पछ्याएको हङकङले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५२ मात्रै बनायो । उसका बाबर हायातले ३१ तथा किन्चित शाहले ३० रन जोडेका थिए ।

भारतका भुवनेश्वर कुमार, आबेश खान, रविन्द्र जडेजा र अर्शदिप सिंहले समान एक-एक विकेट लिए । त्यसअघि पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट १ सय ९२ रन बनाएको थियो । भारतका सुर्यकुमार यादव र विराट कोहलीले अविजित अर्धशतक बनाए । यादवले ६८ तथा कोहलीले ५९ रन जोडेका थिए ।

हङकङका आयुस शुक्ला र मोहम्मद घजान्फरले एक-एक विकेट लिए । जितसँगै समूह ‘ए’ को भारतले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले हराएको थियो । एसिया कप क्रिकेटमा ६ टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्