Logo

एसिया कप खेल्न सन्दीप पाकिस्तान प्रस्थान



काठमाडौँ, ११ भदौ । एसिया कप खेल्न क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्थान गरेका छन् ।

लामिछानेलाई विदा गर्न राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ आफैं विमानस्थल पुगेका थिए ।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै सन्दीपले एसिया कप खेलका लागि आफू फिट रहेको बताए । जीवनको कठिन समय भएपनि आफूले सकेको अभ्यास गरेको भन्दै उनले भने, ‘खेल्नका लागि म तयार छु । आशा छ, एसिया कममा राम्रो गर्ने छौं ।’

प्रतिक्रिया दिनुहोस्