Logo

एसिया कप: पाकिस्तानसँगकाे खेलमा नेपाल पहिला बलिङ गर्दै



पाकिस्तान, १३ भदौ । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानसँगको खेलमा टस हारेर पहिला बलिङ गर्ने भएको छ ।

मुल्तान क्रिकेट स्टेडियममा टस जितेर पाकिस्तानका कप्तान बाबर आजमले पहिला ब्याटिङ गर्ने भएपछि नेपालले बलिङको निम्तो पाएको हो ।

१६ औँ संस्करणको एसिया कप आजदेखि शुरु भएको हो । यस्तै नेपालले दोस्रो खेलमा आउँदो सोमवार भारतसँग खेल्दैछ ।

समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तान छन् ।

नेपालको प्लेइङ-११

कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवंशी ।

पाकिस्तानको प्लेइङ-११

फखार जमान, इमाम उल हक, बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), अघा अली सलमान, इफ्तिखर अहमद, सादब खान, मोहम्मद नवाज, शाहिन शाह अफ्रिदी, नसिम शाह र हरिस रौफ ।

प्रतिक्रिया दिनुहोस्