श्रीलङ्का, ३१ भदौ । एसिया कप क्रिकेटको फाइनलमा भारतसँगको खेलमा श्रीलङ्काले लज्जास्पद ब्याटिङ गरेको छ ।
कोलम्बोमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५ ओभर २ बलमा ५० रन बनाउँदा अल आउट भएको हो ।
भारतका बलर सामु श्रीलङ्काली ब्याटर निरीह देखिए । श्रीलङ्काका लागि कुसल मेन्डिसले सर्वाधिक १७ र दुशन हेमन्थाले नटआउट १३ रन बनाएका हुन् । यस्तै दुनिथ वेलालेगेले ८, धनन्जय डी सिल्भाले ४ र पथुन निसन्का २ रन बनाएर आउट भयो । श्रीलङ्काका ५ जना खेलाडीले १ रन पनि जोड्न सकेनन् ।
बलिङतर्फ भारतका मोहम्मद सिराजले ६ विकेट लिएका थिए भने हार्दिक पान्ड्याले ३ र जसप्रीत बुमराहले १ विकेट लिएका थिए ।