Logo

एसीसी महिला टी-२० च्याम्पियनसिप: हङकङसँग खेल्दै नेपाल



मलेसिया, ७ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मलेसियाको किनरारा ओभलमा दिउँसो १२ बजे सुरु हुनेछ ।

लगातार तीन खेल जितेको नेपाल सेमिफाइनलमा पुगिसकेको छ । नेपालले ३ खेलमा ६ अङ्क जोडेको छ ।

समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा छ । हङकङ २ खेलमा ४ अङ्ककासाथ नेट रनरेटका आधारमा दोस्रो स्थानमा छ । यसअघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्