काठमाडौं, १० असार । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले दोस्रो जित निकालेको छ ।
मलेसियाको कोजल टुन्कु जाफर ओभल क्रिकेट मैदानमा मंगलबार भएको खेलमा जापानलाई ९ विकेटले हराउँदै नेपालले सहज जित निकालेको हो ।
जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४ ओभर २ बलमा १ विकेट गुमाएर पूरा गर्याे ।
नेपालका शिवांश बजगाईँले सर्वाधि ३८ रन जोडे । यस्तै, प्रसिद्ध जैसीले ३३ रन बनाए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जापानले ३४ ओभर ३ बलमा अलआउट हुँदै ८० रन बनाएको थियो ।
जापानका चार्ली हाराहिन्जीले ३६ तथा गम्बी हाराहिन्जीले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका शुभम खनालले ५, अभय यादवले २ तथा शुशील रावल र विपिन शर्माले १–१ विकेट लिए ।
यो जितसँगै नेपालले दुई खेलबाट ४ अंक जोडेको छ । यसअघिको खेलमा नेपालले सिंगापुरलाई हराएको थियो । पराजित भएको जापानको दुई अंक छ ।
नेपालले आफ्नो तेस्रो खेल आइतबार इन्डोनेसियासँग खेल्नेछ ।
प्रतियोगितामा नेपाल सहित १० टोली सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह ‘ए’ मा नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान छन् भने समूह ‘बी’ मा मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।