Logo

एसीसी यू–१९ प्रिमियर कप: नेपाल च्याम्पियन बन्ने लक्ष्यसहित आज यूएईसँग भिड्दै



काठमाडौं, १५ मंसिर । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आज नेपाल आयोजक यूएईसँग भिड्दैछ ।

उपाधि भिडन्त आज बिहान १०ः३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ।

नेपालले मलेसियालाई ९ विकेटले हराएर उपाधिनजिक पुगेको हो। यूएईले भने ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

नेपाल र यूएई एसिया कप खेल्नका लागि भने छनोट भइसकेका छन्। प्रतियोगिताको फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपमा छनोट हुने प्रावधान छ।

सेमिफाइनलमा पराजित हुने टोलीबीच तेस्रो स्थानका लागि खेल हुने र तेस्रो स्थान हासिल गर्ने टोली पनि एसिया कपमा पुग्ने नियम छ।

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमान खेल्नेछन्। प्रतियोगितामा १४ टोलीको सहभागिता रहेको थियो। यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै हुँदैछ।

प्रतिक्रिया दिनुहोस्