Logo

एसीसी यू-१९ प्रिमियर कप: सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने



मलेसिया, ३ कात्तिक । एसीसी यू-१९ प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा नेपालले जापानसँग खेल्ने भएको छ ।

नेपाल समूह ‘ए’ र जापान समूह ‘डी’ को विजेता बन्दै सेमिफाइनल पुगेका हुन् ।

नेपाल र जापानबीचको खेल शनिवार हुनेछ । नेपालले इरानलाई २ सय ७४ रन, बहराइनलाई ७ विकेटले र साउदी अरेबियालाई ३ सय १ रनले हराउँदै समूह विजेता बनेको थियो ।

यस्तै जापानले समूह विजेता बन्ने क्रममा हङकङलाई डकवर्थ लुइस पद्धतिको आधारमा ५७ रन, इन्डोनेसियालाई ९ विकेट र मलेसियालाई डकवर्थ लुइस पद्धतिको आधारमा ६ विकेटले हराएको थियो ।

प्रतियोगिताको दोस्रो सेमिफाइनलमा समूह ‘बी’ को विजेता यूएई र समूह ‘सी’ को विजेता सिङ्गापुरबीच प्रतिस्पर्धा हुनेछ । यो खेल पनि शनिवार नै हुनेछ ।

एसीसी यू-१९ प्रिमियर कप प्रतियोगिताको फाइनल खेल आउँदो मङ्गलवार हुनेछ । प्रतियोगिताको शीर्ष ३ मा पुग्ने टोलीले आउँदो डिसेम्बरमा हुने एसिया कप खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्