विराटनगर, २५ कात्तिक । विराटनगर–१४ मा अवस्थित एस्पायर कलेजमा इम्प्रोम्टु इभेन्ट सम्पन्न भएको छ । यसै वर्ष देखि काठमाडौँ विश्वविद्यालयको साझेदारी कार्यक्रमका रुपमा सञ्चालित एस्पायर कलेजमा आज विद्यार्थी माझ इम्प्रोम्टु इभेन्ट कार्यक्रम गरिेएको हो ।
कार्यक्रममा ४४ जना विद्यार्थीहरु सहभागी थिए । स्थापनाको पहिलो वर्षमा नै विश्वविद्यालयले प्रदान गरेको कोटा अनुसार विद्यार्थी भर्ना गरेर कक्षा शुरु भएको एस्पायर कलेजमा बिटेकएडआईटी र होटल मेनेजमेण्ट सम्बन्धि बिपिएच कार्यक्रम सञ्चालनमा छन् ।
यो बदलिदो समाज र विश्व बजारमा मिल्ने कोर्ष भएको हुँदा विद्यार्थीमा काठमाडौँ विश्वविद्यालय प्रति आकर्षण बढ्दै गएको र एस्पायर कलेजमा विद्यार्थीको शिक्षण सिकाईका निमित्त सम्पूर्ण पूर्वधारको व्यवस्था भएको, आगामी दिनमा विश्वविद्यालयका अन्य कार्यक्रमहरु पनि सञ्चालन गर्ने कुरा कलेजका अध्यक्ष बिकास अधिकारीले बताए ।
कार्यक्रममा बोल्दै कलेजका प्रमुख सि.एम. बस्नेतले विद्यार्थीको सार्वङ्गीण विकासका लागी कुनै कसर बाँकी नराख्ने र सिप,संस्कार र प्रविधिमैत्री विश्व बजारमा खपत हुने दक्ष जनशक्ती उत्पादन गर्ने बताए ।
कार्यक्रममा प्रमुख बस्नेतले काठमाडौँ विश्वविद्यालय नेपालको प्रथम श्रेणीमा पर्ने विश्वविद्यालय भएको र यस विश्वविद्यालयमा कुनै प्रकारको राजनीतिक हस्तक्षेप नभइ विद्यार्थीको सिप र सिकाईलाई प्राथमिकता दिइने र २ सय ५ वटा कोटा विदेशी विद्यार्थीका लागि भएको बताए ।
कार्यक्रममा बिटेकएडआईटीका संयोजक खेमनाथ खतिवडा र बिपिएच संयोजक शुभम भट्टराईले विद्यार्थीलाई शुभकामना व्यक्त गरे ।
एस्पायर कलेजमा आज सम्पन्न भएको इम्प्रोम्टु इभेन्टमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः सुसान्त नेपाल, पृथ्वी राज साह र तुसार गणेशलाई कलेजले खादा, माला र पुरस्कारले सम्मान गरेको थियो ।