काठमाडौँ, २ जेठ । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको शीर्ष स्थानमा उक्लिएको छ ।
आज दशरथ रङ्गशालामा भएको खेलमा सातदोबाटो युथ क्लबलाई १-० गोलले हराउँदै चर्च ब्वाइज शीर्ष स्थानमा उक्लिएकाे हाे ।
चर्च ब्वाइजका लागि सुवास गुरुङले गाेल गरे । चर्च ब्वाइजकाे १८ खेलमा ३३ अङ्क छ । सातदोबाटो उति नै खेलमा २६ अङ्कसहित चौथो स्थानमा छ ।