काठमाडौँ, ३० वैशाख । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र फुटबल क्लबले थ्री स्टार क्लबलाई हराएको छ ।
ललितपुरको च्यासल मैदानमा भएको खेलमा मच्छिन्द्रले थ्री स्टारलाई १-० गोलले हराएको हो । जितसँगै मच्छिन्द्र २७ अङ्कसहित तेस्रो स्थानमा पुगेको छ । २५ अङ्क रहेको थ्री स्टार चौथो स्थानमा झरेको छ ।
आजै दशरथ रङ्गशालामा भएको खेलमा त्रिभुवन आर्मी क्लबले चर्च ब्वाइज युनाइटेडलाई १-० गोलले हरायो । उसका जिलेस्पीजंग कार्कीले गोल गरे । आर्मी २४ अङ्कसहित पाँचौँ स्थानमा पुगेको छ । ३० अङ्कसहित चर्च ब्वाइज दोस्रो स्थानमा छ । आज चर्च ब्वाइजले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।