ओखलढुंगा, १६ मंसिर । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नम्बर ५ को वडाध्यक्षको उपचुनावमा एमाले विजयी हुुनुभएको छ ।
वडाध्यक्षमा एमालेका गंगा तामाङले ३९९ मतसहित विजयी हुुनुभएको हो । २०५४ देखि नै कांग्रेसले जित्दै आएको यस वडामा एमालेले यसपटक कांग्रेसको विरासत भत्काएको हो ।
उपनिर्वाचनमा दोस्रो स्थानमा कांग्रेसका घनश्याम दाहालले १७७ मत प्राप्त गर्नुभयो। त्यस्तै रास्वपाका विष्णु पोखरेलले १५१ मत ल्याउनुभयो भने माओवादी केन्द्रका मानवहादुर सुनुवारले २३ मत प्राप्त प्राप्त गर्नुभयो।
७६८ मत खसेको थियो । कांग्रेसबाट निर्वाचित वडाध्यक्ष गोपी कार्कीको निधनपछि उपनिर्वाचन भएको हो ।