Logo

ओखलढुंगामा बलात्कार आरोपमा एकजना पक्राउ



ओखलढुंगा, १४ जेठ । ओखलढुंगामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । शुक्रबार साँझ मोलुङ गाउँपालिका–५ बस्ने ४४ वर्षीय तारानाथ पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई आफ्नै घरको कोठामा बोलाई बिहीबार दिउँसो जबरजस्ती करणी गरेको सूचनापछि खटिएको प्रहरी टोलीले पोखरेललाई नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्