ओखलढुङ्गा, ३० चैत । ओखलढुङ्गामा जीप दुर्घटना हुँदा मृत्यु भएका दुवै प्रहरीको परिचय खुलेको छ ।
सोलुखुम्बु घर भएका प्रहरी हवलदार भूपेन्द्र कार्की र झापा घर भएका प्रहरी जवान मनिष राजवंशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीहरू चढेको जीप दुर्घटना हुँदा अन्य सात जना प्रहरी घाइते भएका छन् । घाइतेमध्ये सात जनाकै अवस्था गम्भीर भएकाले उनीहरूलाई उपचारका लागि हेलिकप्टरबाट नेपाल प्रहरी अस्पताल काठमाडौँ लगिएको छ । ।
बुधवार ओखलढुङ्गाबाट विराटनगरका लागि छुटेको बा १७ च १०९४ नम्बरको जीप मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुर भन्ने ठाउँमा भिरबाट तल खसेको ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुकदेव खनालले बताए ।