Logo

ओडिशामा दुर्घटनापछि अवरुद्ध रेल सेवा ५१ घण्टापछि खुल्यो



भारत, २२ जेठ । भारतको ओडिशामा दुर्घटनापछि अवरुद्ध भएको रेल सेवा ५१ घण्टा पछि खुलेको छ ।

गएको शुक्रवार बेलुका भएको दुर्घटनाका कारण पूर्वी र दक्षिणी भारतलाई जोड्ने रेल सेवा अवरुद्ध भएको थियो ।

बिग्रिएको रेलको ट्रयाक पुनर्निमार्ण भएसँगै बन्द भएको रेल सेवा फेरि सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका रेलमन्त्री अश्विनी वैष्णव आफैँ उपस्थित भएर रेल वे सेवा सुरु गरेका हुन् । उनले यो घटनाको दोषी जोसुकै भए पनि कडाभन्दा कडा कारबाही हुने पनि बताए ।

गएको शुक्रवार भएको दुर्घटनामा दुई वटा रेलमा रहेका २ सय ७५ जना यात्रुको ज्यान गएको पुष्टि भएको छ । एक हजार जनाभन्दा धेरै घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस्