Logo

ओलीको बेइमानीको हिसाबकिताब जनताले ३० गते गर्छन: प्रचण्ड



सर्लाही, २७ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओलीको बेइमानीको हिसाबकिताब जनताले वैशाख ३० गते गर्ने बताएका छन् ।

स्थानीय निर्वाचनमा गठबन्धन र आफ्ना उम्मेदवारका लागि मत माग्न सर्लाहीको लालबन्दी आइपुगेका प्रचण्डले केपी ओलीको भ्रम र झूटको खेतीको एकएक हिसाब गर्न अब केही दिन मात्र बाँकी रहेको बताए ।

नेकपा माओवादी केन्द्र लालबन्दी नगर समितिले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले संघीयता, लोकतन्त्र विरोधी तथा प्रतिगामी शक्तिलाई परास्त गर्न गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन आग्रह गरेका छन् ।

अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचनले संघीयताविरोधी तत्त्वलाई पाखा लगाएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने बताए । नेकपा एमालेलगायत केही पार्टीलाई संघीय लोकतान्त्रिक गणतन्त्र मन नपरेको भन्दै उनले यसका विरुद्ध विभिन्न षड्यन्त्र गरेर संविधान र व्यवस्थालाई उल्टाउन खोजिरहेको आरोप समेत लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्