Logo

ओलीको विपक्षीलाई चुनौती: ढुक्क भएर चुनावी प्रतिस्पर्धामा आउनुहोस्



झापा, ५ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी उम्मेदवारहरूलाई डर र त्रासको राजनीति नगरी आत्मविश्वासका साथ चुनावी प्रतिस्पर्धामा उत्रिन आग्रह गरेका छन्। सोमबार गृहजिल्ला झापा आईपुगेका ओलीले दमकमा आयोजित पत्रकार भेटघाटमा आफूहरू स्वच्छ र खुला प्रतिस्पर्धामा विश्वास गर्ने पार्टी भएको बताए।

उनले चर्चा र प्रतिस्पर्धाका लागि आफ्नाविरुद्ध उम्मेदवारी दिन चाहनेहरू देखिनु स्वाभाविक भएको उल्लेख गर्दै चुनावी प्रक्रिया लोकतन्त्रको सुन्दर पक्ष भएको धारणा राखे।

ओलीले झापामा शिक्षा, स्वास्थ्य, खानेपानी तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे। साथै कृषिको आधुनिकीकरण र उद्योग स्थापनाको तयारी अन्तिम चरणमा पुगेको बताउँदै यसले स्थानीयस्तरमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्ने विश्वास व्यक्त गरे।

एमाले बाहेक अन्य दलसँग विकासका स्पष्ट योजना नरहेको टिप्पणी गर्दै उनले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न उदासिन देखिएको आरोपसमेत लगाए।

प्रतिक्रिया दिनुहोस्