Logo

ओलीतन्त्रविरुद्ध लड्न गठबन्धन: खड्का



सुर्खेत, २३ कात्तिक । नेपाली कांग्रेस उपसभापति तथा सुर्खेत क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उमेदवार पूर्णबहादुर खड्काले ‘ओलीतन्त्र’विरुद्ध लड्न वाम-लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन् ।

मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उपसभापति खड्काले एमालेसँग हारको डरले नभएर केपी ओलीको प्रवृतिलाई पराजित गर्न गठबन्धन बनेको बताएका हुन् ।

उनले चुनावका लागि मात्र नभएर गठबन्धन चुनावपछि बन्ने संयुक्त सरकारसम्म पनि जारी रहने बताए । गठबन्धन विरोधी पार्टीले चुनावमा हार मानसिकताले बनेको गठबन्धन भन्ने हल्लाको पछि नलाग्न उनले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्