Logo

ओलीलाई देउवाले भने: परमादेशकै कारण सँगै काम गर्न पाइएको छ



काठमाडौँ, १ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको परमादेशकै कारण सँगै काम गर्न पाएको जवाफ दिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री देउवाले प्रतिपक्ष दलको नेताले परमादेशको सरकार भनिरहनुहुन्छ भन्दै परमादेशकै कारण संसद्मा भेट भएको बताए ।

परमादेश नभएको भए संसदमा सँगै काम गर्न र महत्वपूर्ण विधेयक पारित गर्न नसक्ने देउवाको भनाइ छ । प्रधानमन्त्री देउवाले सरकारले राम्रो उपलब्धि हासिल गरेको दाबी पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्