काठमाडौं, २८ असार । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न दावी लिएर कांग्रेस र एमालेका शीर्ष नेताहरु शीतलनिवास पुग्नु भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार सरकार गठनका लागि आह्वान गरेलगत्तै उहाँहरु दुई दलका सांसदहरुको हस्ताक्षर लिएर शितल निवास पुगेर ओलीलाई प्रधानमन्त्री बनाउन दावी पेश गर्नुभएको हो ।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर तयारी अवस्थामा बस्नु भएको थियो ।






