Logo

‘ओलीले देश विकास गर्नेबारे कहिल्यै छलफल नै गरेनन्’



काठमाडौँ, ३ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीका कारणले ०७४ मा जनताले दिएको दुई तिहाइ मतको कदर गर्न नसकेको टिप्पणी गरेका छन् ।

पार्टी निकट मगर संघको राष्ट्रिय भेलालाई सोमबार सम्बोधन गर्दै उनले ओली व्यक्तिवादमा रमाएपछि अलग भएर कम्युनिष्ट आन्दोलनको रक्षा गर्न लागिपरेको बताए ।

‘हामी चुनावको मैदानमा होमिँदैछौँ । गठबन्धनको सरकार बनेपछि नयाँ परिस्थिती उत्पन्न भयो । ०७४ सालको निर्वाचनबाट दुई तिहाई बहुमत ल्याएपछि हामीले देशको मुहार फेर्ने लक्ष्य थियो । तर, नेतृत्वमा अहंकार देखिएका कारण पार्टी अगाडि बढ्न सकेन’ उनले भने, ‘देशको विकास गर्नेबारे छलफल भएन । व्यक्तिको पूजा गर्ने प्रवृत्ति हावी भयो ।’

कम्युनिष्ट पार्टी विधि र संगठन अनुसार चल्नुपर्ने भएपछि ओलीले गुटबन्दी गरेकै कारणले नेकपा विभाजन भएको नेपालले दाबी गरे । जनता, समाज र देशभन्दा बाहिर आफूहरुले सोच्न नमिल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्