Logo

‘ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छायो’



काठमाडौँ, १६ असार । सत्ता साझेदार नेकपा(एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले दुईतिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसक्दा जनतामा निराशा छाएको दाबी गरेका छन् ।

६४ औं संसद दिवसको अवसर पारेर बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले ओली नेतृत्वको तत्कालीन नेकपाको सरकारले समृद्धिको खोक्रो नारा लगाए पनि त्यसका लागि आवश्यक नीति तथा कार्यक्रम ल्याउन नसकेको आरोप लगाएका हुन् ।

‘दुईतिहाई बहुमतको सरकार बन्यो नि । नेकपाले दुईतिहाई बहुमत ल्यायो । तर त्यो दुई तिहाई बहुमतको सरकारबाट जे अपेक्षा गरिएको थियो । त्यो हुन सकेन । अब यो दुई तिहाईको सरकारले गर्ला भन्ने आम जनताले आशा गरेका थिए तर माछोमाछो भ्यागुतो भयो । केही पनि भएन । एउटा उद्योग पनि बनेन। अगाडि बढेन’ उनले भने ।

मुलुकलाई समृद्ध बनाउन समाजवादी नीति तथा कार्यक्रम आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि गहन छलफल चलाई दिन पूर्व सांसद मञ्च, नेपाललाई आग्रह गरे । संविधानले समाजवादी बाटोतिर जान निर्देश गरेपनि सरकार र राजनीतिक दलहरुले सोही अनुसारको नीति तथा कार्यक्रम ल्याउन नसकेको उनको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्