Logo

ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको हो: प्रचण्ड



काठमाडौँ, २ असार । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन् ।

बिहीवार पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित २१ औँ रितबहादुर खड्का (क.प्रताप)को स्मृति सभा तथा दोलखा जिल्लाका स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई शुभकामना दिँदै अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।

उनले एसीपीपी सम्झौता कार्यान्वयन गर्ने काम सन् २०१९ सालमा केपी ओली नेतृत्वको सरकारले सम्झौता गरिसकेको तथ्य इतिहासमा रहेको भन्दै त्यसलाई हरेक नेपालीले बुझ्न आवश्यक रहेको बताए ।

अध्यक्ष दाहालले अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार गर्ने कार्य भइरहेको टिप्पणी गरे । उनले एसपीपी सम्झौता गर्ने भन्ने कुरा झुटो भएको दाबी गर्दै नेपालले अमेकिरासँग एसपीपी जस्ता कुनै सैन्य सम्झौता नगर्ने घोषणा गरेका छन् ।

अध्यक्ष दाहालले प्रधानमन्त्री शेरबहादुर देउवाले सैन्य सम्झौता गर्दिन भन्ने वचन दिएको बताउँदै कोही नागरिक भ्रममा नपर्न आग्रह गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्