Logo

ओली नेतृत्वको सरकार हटाउन विदेशीको साथ: यादव



काठमाडौँ, ३२ असार । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले केपी ओली नेतृत्वको अघिल्लो सरकारलाई हटाउने काममा विदेशी शक्तिको साथ रहेको बताएका छन् ।

पूर्वउपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष यादवले भूराजनीतिक प्रभावकै कारण ओली प्रधानमन्त्रीबाट पूर्वप्रधानमन्त्री बनेको खुलासा गरेका हुन् ।

नेपाल-चीन हिमालयन मैत्री समाजले शनिबार काठमाडौँमा आयोजना गरेको ‘नेपालको भूराजनीतिक अवस्था, यसका चुनौती र अबको बाटो’ विषयक विचार गोष्ठीमा बोल्दै उनले नेपालको राजनीतिक कतैन कतै भूराजनीतिक प्रभाव देखिँदै आएको पनि स्पष्ट पारेका छन् ।

अध्यक्ष यादवले राजनीतिक अस्थिरताको मूल कारण आन्तरिक भए पनि नेपालमा भने बाह्य प्रभाव पनि सँगै जाडिएर आउने गरेको पनि उल्लेख गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्