Logo

ओली भन्छन्- कांग्रेसले एमालेसँग सहकार्य गर्ने सोच्नु पनि अपराध ठान्छ



काठमाडौँ, २५ वैशाख । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेपाली कांग्रेसले एमालेसँग सहकार्य गर्न कहिल्यै पनि नचाहने बताएका छन् ।

आइतबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मलेनमा उनले कांग्रेसले अहिले पनि दक्षिणपन्थीसँग सहकार्य गरिरहेको आरोप लगाए ।

“कांग्रेस एमालेसँग कहिल्यै सहकार्य गर्न चाहँदैैन । यस्तो सोच्नु पनि अपराध ठान्छ । उसले राणाशाहीसँग सहकार्य गरेको इतिहास छ । नेपाली कांग्रेसले निरंकुश राजतन्त्रसँग आफ्नो घाँटी जोडिएको सार्वजनिक घोषणा गरेको सर्वविदितै छ,” ओलीले भने, “कांग्रेसकै नीति र अकर्मण्यताका कारण सशस्त्र द्वन्द्वका लागि मार्गप्रशस्त गरेको यथार्थ । कांग्रेसले नै जनताको सत्ता राजालाई बुझाएको धेरै भएको छैन ।”

प्रतिक्रिया दिनुहोस्