
काठमाडौँ, २५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलाई भेट्न बुधबार बिहान बालकोट गएका छन् ।
समसामयिक राजनीति विषय, मन्त्रिपरिषद्को पूर्णता, राष्ट्रपतिको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्री प्रचण्ड आफ्नो अनुकूलको व्यक्तिलाई राष्ट्रपति बनाउन चाहन्छन् भने एमाले प्रचण्डसँग पूर्व सहमति कार्यान्वयन हुनु पर्ने भन्दै आएको छ । ओली प्रचण्डलाई दबाब भन्दा फकाएर समहति अनुसारको राष्ट्रपति आफ्नो पक्षमा पार्ने पक्षमा छन् ।







