Logo

ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ



काठमाडौं, २२ चैत । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदैछ ।

सर्वोच्च अदालतले यसअघि जारी गरेको कारण देखाऊ आदेशपछि विपक्षीले लिखित जवाफ दिइसकेकाले आज सुनुवाइ हुने भएको हो ।

जेनजी आन्दोलनका घटनाको जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै जनालाई पक्राउ गरेको थियो । आफूहरूको पक्राउ गैरकानूनी भन्दै दुवै जनाले चैत १५ गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरण रिट दायर गराएका थिए ।

चैत १६ गते दुवै रिटमा भएको छुट्टाछुट्टै इजलासपछि सरकारका नाममा कारण देखाऊ आदेश भएको थियो ।

अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले गत आइतबार गैरकानूनी थुनामा राखिएकाले थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए । रिट निवेदनमा भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानूनी भएको उल्लेख गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्