Logo

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै, देशभर विरोध प्रदर्शन जारी



काठमाडौं, १५ चैत । भदौ २३ र २४ गतेका घटनासम्बन्धी छानबिनका क्रममा पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओली र रमेश लेखकलाई आज अदालतमा पेस गरिने भएको छ।

प्रहरीले दुवै नेतालाई पक्राउ गरेपछि कानुनी प्रक्रिया अनुसार म्याद थपका लागि जिल्ला अदालत काठमाडौँमा पेश गर्न लागेको हो। अनुसन्धानका लागि जिल्ला सरकारी वकिलको कार्यालय हुँदै अदालतमा प्रस्तुत गर्नुपर्ने प्रावधान अनुसार प्रक्रिया अघि बढाइएको बताइएको छ।

ओली पक्राउपछि अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई प्रहरीको २ नम्बर गण महाराजगन्जमा राखिएको छ। घटनापछि नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले देशभर विरोध कार्यक्रम सुरु गरेको छ र आज पनि प्रदर्शन जारी रहने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्