Logo

ओली र श्रेष्ठबीचकाे भेट स्वाभाविक: गुरुङ



काठमाडौँ, ३० जेठ । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीका नेता नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गरेको भेटलाई स्वाभाविकै रूपमा लिइएको प्रतिक्रिया दिएका छन् ।

सोमवार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

नेता गुरुङले राष्ट्रिय स्वाधीनताको सवालमा निकट रहेको पार्टीसँग आउँदो प्रदेश र प्रतिनिधि सभा चुनावमा सहकार्य गरेर जान सकिने धारणा राखेका छन् । विगतमा संसद् विघटन गरेर प्रतिगमनतिर एमाले गएकाले आफ्नो पार्टीले कांग्रेससँग सहकार्य गरेर पालिका चुनावमा जानुपरेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्