Logo

ओली सरकारको आयु लामो छैन : प्रचण्ड



नवलपरासी, २ बैशाख । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सहकार्य लामो नजाने दाबी गर्नुभएको छ । उहाले अहिलेको सरकारप्रति जनता चरम असन्तुष्ट रहेको भन्दै सरकार लामो नजाने दोहोर्याउनु भएकको हो ।

यसअघि काठमाडौंमै पत्रकार जगदिश खरेलसँगको टिभी अन्तर्वार्तामा र चैत्र ३१ गते चितवनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार लामो नजाने दाबी गर्नुभएको थियो । आज ९मंगलबार० नवलपरासीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममापनि सरकारको विषयमा कांग्रेस र एमालेभित्रै असन्तुष्टि बढेको दाबी गर्दै यस्तो जिकिर गर्नुभएको हो ।

उहाले आफू कांग्रेस र एमालेका नेताहरुसँग निरन्तर सम्वादमा रहेको पनि खुलाउनु भएको छ । उहाले अहिलेको सरकारलाई कांग्रेसका नेता तथा कार्यकर्तापनि असन्तुष्ट रहेको सुनाउनुभयो । कांग्रेसमात्रै नभएर एमालेको ठूलो पँक्तिपनि वर्तमान सरकारबाट सन्तुष्ट नभएको भन्दै त्यही आधारमा आफूले यो सरकार धेरै लामो नजाने भनेर टिप्पणी गरेको पनि खुलासा गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्