Logo

‘औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ’



काठमाडौँ, ५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन् ।

गैरआवासीय नेपाली सङ्घ(एनआरएनए)ले आज आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुन: सञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताएका हुन् ।

उनले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे । उद्योगमन्त्री बडूले बजारमा हल्ला भएजस्तो श्रीलङ्का भइहाल्ने अवस्था नरहेको तर सजक हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए ।

उनले एनआरएनए सदस्यलाई नेपाली सरह लगानी गर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्