काठमाडौँ, ४ वैशाख । चालू आर्थिक वर्षको आठ महिनासम्ममा मुख्य औद्योगिक कच्चा पदार्थ तथा तयारी वस्तु आयातमा उल्लेख्य कमी आएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार चालू आवको आठ महिनामा कुल वस्तु आयात २८.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ८ अर्ब ७३ करोड रुपैयाँ बराबर पुगेको छ । तर, यसमा औद्योगिक वस्तुको आयात घटेको र उपभोग्य वस्तुको बढेको तथ्याङ्क छ ।
केन्द्रीय बैंकले सार्वजनिक गरेको आठ महिनाको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार सिमेन्ट आयात सबैभन्दा बढी ८४ प्रतिशतले घटेको छ । यस्तै, एमएस विलेट आयातमा २४ प्रतिशतले कमी आएको छ भने सुगर मोलासिस आयात पनि ७२.४ प्रतिशतले घटेको छ । फागुन मसान्तसम्ममा कच्चा कटन आयातमा १७.९ प्रतिशतले कमी आएको र उपभोग्य वस्तुतर्फ नुन र चिया आयातमा कमी आएको प्रतिवेदनमा उल्लेख छ । आजको कारोबार दैनिकमा समाचार छ ।