झापा, १२ पुस । कंग्रेस-एमालेलाई पछी पार्दै कचनकवलको बालुवाडीमा अवस्थित पाथिभरा सामुदायीक वन उपभोक्ता समितीमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बहुमत जीत हासील गरेको छ ।
१३ सदस्यीय वन उपभोक्ता समितीको अध्यक्ष सहित सात जना पदाधीकारी तथा सदस्यमा जीत हासिल गर्दे राप्रपाले बहुमत आफ्नो पक्षमा पारेको हो । वन उपभोक्ता समितीको अध्यक्षमा राप्रपाका हिरालाल दाहाल हिमाल, उपाध्यक्षमा राप्रपाकै समर्थनमा कंग्रेसवाट विद्रोह गरेर अएकी ज्ञानुमाया कटुवाल, सचिवमा राप्रपाकै सकुन्तोला पोख्रेल, र कोषाध्यक्षमा पनि राप्रपाकै पार्वती कुमारी राजवंशी निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यमा राप्रपाका कनक राजवंशी र श्यामलाल राजवंशी तथा देवेन्द्र थेवे, भीम माबो, नैनकाला ढुंगेल, गिता भट्टराई, गिता कुमारी राजवंशी निर्वाचित हुनुभएको छ । कचनकवल गाउपालिकाको विभिन्न वडामा रहेका टोल विकाश समिती अन्तर्गत प्रतिनिधी छनौट भई वन उपभोक्ता समितीले तेतृत्व पाएको हो ।
टोल समितीको प्रतिनिधी छनौटमा कडा प्रतिस्पर्धा भएको थियो । कतिपय टोलमा एमाले(कंग्रेस गठबन्धनले राप्रपाका उमेद्वारसंग चुनाव लडेका थिए । प्रतिनिधी छनौटको आधारमा वन उपभोक्ता समितीको नेतृत्वमा राप्रपाले वहुमत जीत हासिल गर्न सफल भएको हो ।