Logo

कङ्गोमा राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा १५ जनाको मृत्यु



कङ्गो, ११ साउन । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा संयुक्त राष्ट्र सङ्घविरुद्ध भएको प्रदर्शनमा झडप भएको छ ।

झडपमा परेर १५ जनाको मृत्यु भएको छ । ५० जना घाइते भएका अलजजिराले जनाएको छ ।

गोमा सहरमा पाँच जना र बुटेम्बो सहरमा १० जनाले ज्यान गुमाएका खबरमा उल्लेख छ । कङ्गोमा संयुक्त राष्ट्र सङ्घ सङ्गठन मिसनको विरुद्धमा असन्तुष्टि जनाउँदै प्रदर्शन भइरहेको छ ।

प्रदर्शनका क्रममा यातायात अवरुद्ध पारेको र आगजनी समेतका घटना भएपछि हस्तक्षेप गरेको कङ्गो प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्