
झापा, ४ जेष्ठ । कचनकवल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार कालेन्द्रप्रसाद सिंह राजवंशी निर्वाचित भएका छन् । उपाध्यक्षमा भने एमालेका नवराज भट्टराई निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार अञ्जरा आलमलाई पछि पार्दै राजवंशी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित राजवंशीले ११ हजार ४ सय ५७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट आलमले ६६६७ मत प्राप्त गरेका थिए।
त्यस्तै उपाध्यक्षमा एमालेका भट्टराईले ८ हजार १ सय ४३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिष्पर्धी राप्रपाकी उम्मेद्वार निमसरी राजवंशीले ६ हजार ८ सय २ मत प्राप्त गरेकी छन् ।
यो पालिकामा नेपाली कांग्रेस र नेकपा(एमाले)को गठबन्धन थियो । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका राजवंशी र एमालेका तर्फबाट उपाध्यक्षमा भट्टराईको उम्मेद्वारी रहेको थियो ।







