Logo

कचनकवलको चिया बगानमा युवा-युवतीद्वारा आत्महत्या !



झापा, १० माघ । झापाको कचनकवल गाउँपालिका वडा नं. ४ मा आज विहान एउटै रुखमा एउटै डोरीले झुण्डिएको अवस्थामा एक युवा र एक युवतीको शब फेला परेको छ ।

एभरेस्ट चिया बगानभित्र रुखमा जोडी शब भेटिएको र घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीका जिल्ला प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

मृतक कचनकबल वडा नं. ४ का २५ बर्षीय राजेशकुमार गणेश र १८ बर्षीया पवित्रा राजवंशी रहेको पाठकले बताए । सात महिना अघि कचनकबल वडा नं. ५ को चिया बगानभित्रकै अर्को रुखमा झुण्डिएको अवस्थामा तीन किशोरीको शब भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्