
झापा, ३ जेष्ठ । नेपाली काँग्रेसले कचनकवल गाउँपालिका वडा नं.६ मा प्यानल नै जितेको छ ।
निवर्तमान वडाध्यक्ष नेकपा एमालेका कुलबहादुर कार्कीलाई ३८५ मतान्तरलाई हराउँदै काँग्रेसका चिन्तामणि खरेल वडाध्यक्षमा निर्वाचित भएका हुन् । खरेलले १३२४ मत ल्याउँदा कार्कीले ९३९ मत ल्याएका छन् ।
त्यस्तै वडा अध्यक्षका उम्मेदवार राप्रपाका हृदयनारायण सिंह राजवंशी ७७९, माओवादी केन्द्रका हरि बस्नेत २४५ र स्वतन्त्र उम्मेदवार निश्चल दाहालले १०७ मत प्राप्त गरेका छन् ।
त्यस्तै वडा सदस्यमा काँग्रेसका टेनेस राजवंशी १२७१, लालबाबु मिया १२२४, महिला सदस्य बबिता काफ्ले १३८६ र गुलाफी माझी हरिजन १३९१ मत ल्याएर विजयी भएका छन् ।







