काठमाडौं, १७ चैत । कतारले इदको अवसरमा १८ नेपाली कैदीलाई दिएको छ । आममाफी दिएकोमा परराष्ट्र मन्त्रालयले आभार व्यक्त गरेको छ ।
“पवित्र महिना रमजान र इदको अवसरमा १८ नेपाली कैदीलाई दिइएको आममाफीको लागि कतार सरकारप्रति नेपाल सरकार आभार व्यक्त गर्दछ,” परराष्ट्र मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
मानवीय आधारमा आममाफी दिने यस प्रकारको कार्यलाई परराष्ट्र मन्त्रालयले उच्च मूल्यांकन गरिएको जनाएको छ ।
नेपाल सरकारले दोहास्थित नेपाली दूतावासमार्फत अनुरोध गरेपछि कतारले १८ नेपाली कैदीलाई आममाफी दिने निर्णय लिएको थियो ।