![](https://sajilokhabar.com/wp-content/uploads/2024/04/kmoq.jpg)
ओमान, १ वैशाख । ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को आफ्नो दोस्रो खेलमा नेपालले कतारविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
ओमानको अल अमरेत क्रिकेट मैदान-१ मा हुने खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले हराएको थियो । कतार भने पहिलो खेलमा हङकङसँग पराजित भएको थियो ।
कतारविरुद्ध खेल्ने नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, गुल्सन झा, विवेक यादव, अविनाश बोहरा, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, ललित राजवंशी,कुशल मल्ल र आसिफ शेख रहेका छन् । नेपालले आजको खेलमा करण केसीको ठाउँमा विवेक यादवलाई खेलाउने भएको छ ।