Logo

कतारी राजकुमारी सगरमाथाको चुचुरोमा



काठमाडौँ, १७ जेठ । कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी संसारकै सबैभन्दा अग्लो चुचुरो सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । कतार ओलम्पिक कमिटीले आइतबार साँझ ट्वीट गर्दै पृथ्वीको सबैभन्दा अग्लो ८,८४८.८६ मिटर अग्लो सगरमाथाको टुप्पोमा कतारी झण्डा फरहरीएकोमा खुसी व्यक्त गरेको छ ।

राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन् जसले नेपाल भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कचनजंघाको सफल आरोहण गरेकी थिइन् । राजकुमारी आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फवाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोस्ट लेख्दै राजकुमारी आश्माले आफूले देखेको सपना पूरा भएको बताएकी छन् । आजको नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्